back
CTIZAN AD

इजरायली आक्रमण : कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.4K 

shares

न्युयोर्क । सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणपछि अरब र इस्लामिक राष्ट्रहरूले कतारसँग पूर्ण ऐक्यबद्धता जनाएका छन् ।

आक्रमणमा मृत्यु र घाइते भएको घटनापछि बिहीबार बेलुकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन सत्र बसेको थियो ।

इजिप्टका प्रतिनिधि ओसामा अब्देल खालेकले गाजामा युद्धविराम र शान्ति कायम गर्न कतारले इजिप्ट तथा संयुक्त राज्य अमेरिकासँग गरेको समन्वय प्रयासको प्रशंसा गरे ।
उनले इजरायलको आक्रमणलाई ‘प्यालेस्टिनी जनतामाथि भइरहेको नरसंहारको निरन्तरता’ भन्दै बेवास्ता नगर्न चेतावनी दिए । सुरक्षा परिषद् दर्शक मात्र बन्न नहुने भन्दै उनले गाजामा आक्रमण रोक्न अध्याय ७ अन्तर्गत प्रस्ताव पारित गर्न आग्रह गरे । ।

खाडी सहयोग परिषद् (जिसिसी) का तर्फबाट कुवेतका राजदूत तारिक अल बनाईले कतारको सार्वभौमिकता, सुरक्षा र स्थिरतामाथि भएको उल्लङ्घन अस्वीकार्य भएको बताए ।

उनले यस घटनाका लागि इजरायललाई पूर्ण जिम्मेवार ठहर गर्दै खाडी राष्ट्रिय सुरक्षा ‘रेड लाइन’ भएको चेतावनी दिए । यस क्षेत्रमा अस्थिरता ल्याउने इजरायली नीति सामूहिक र कानूनी प्रतिवादमार्फत रोक्ने दृढतासमेत उहाँले प्रकट गरे ।

इस्लामिक सहयोग सङ्गठन (ओआइसी) का तर्फबाट टर्कीका राजदूत अहमेत यिल्डिजले आक्रमणलाई ‘राज्य आतङ्कवाद’ र क्षेत्रलाई अस्थिर बनाउने योजनाबद्ध प्रयासको हिस्सा रहेको बताए ।

कतारको सार्वभौमिकता र सुरक्षा उल्लङ्घनमा निर्णायक जवाफ दिने अधिकार र कर्तव्यमा ओआइसी एकताबद्ध रहेको उनले बताए । साथै, उनले सुरक्षा परिषद्लाई कतारविरुद्ध अन्यायपूर्ण सैन्य प्रयोग रोक्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गरे ।(रासस/क्युएनए)

वि.सं.२०८२ भदौ २७ शुक्रवार १९:४२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...