back
CTIZAN AD

शुसीला बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.5K 

shares

काठमाडौं । नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश समेत रहेकी कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेपछि नेपालले इतिहासमै पहिलो महिला प्रधानमन्त्री पाएको हो ।

जेनजी युवाहरुले गरेको दुईदिने विध्वंशकारी आन्दोलन र ५१ बढीको ज्यान जान गरी भएको आन्दोलनको माग अनुसार अन्तत सुशिला कार्की अन्तिरम सरकारको प्रमुख बनेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ (४) अनुसार मन्त्रिपरिषद्को अध्यक्षमा कार्कीलाई नियुक्त गरेका हुन् । कार्की नेपालको ४२ औं प्रधानमन्त्री बनेकी हुन् ।

उक्त धाराको उपधाराको ४ लाई टेकेर राष्ट्रपति पौडेलले कार्कीलाई अन्तिरिम सरकारको प्रमुख तोकेका हुन् । ४ मा राष्ट्रपतिले नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ,’ भनिएको छ भने उपधाराको ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ भनिएको छ । सोहि धारामा टेकेर राष्ट्रपति पौडेलले कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त गरेका हुन् ।

शितल निवासमै आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिश, नेपालस्थित कुटनीतिक नियोगका प्रधिनिधिहरु लगायतको उपस्थितिमा पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । तत्कालका लागि सबै मन्त्रालय प्रधानमन्त्री मातहत रहेका छन् ।

प्रतिनिधिसभाको विघटन
कार्कीलाई मन्त्रिपरिषद्को प्रमुखमा नियुक्त गर्नु अघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रतनिधिसभाको विघटन गरेका छन् । नयाँ प्रधानमन्त्रीको रुपमा कार्कीले पद तथा गोपनियताको सपथ खानुअघि नै राष्ट्रपति पौडेलले संसद विघटन गरेका हुन् । जेनजी समुहका युवा नेताहरुले प्रतिनिधिसभा विघटन नभइ प्रधानमन्त्रीको नेतृत्व लिन नसक्ने अडान राखेपछि राष्ट्रपति पौडेलले प्रमुख दलका शिर्ष नेताहरु, कानुनविद् लगायतसँग छलफल तथा परामर्श गरेपछि यस्तो निर्णयमा पुगेका हुन् ।

राष्ट्रपति पौडेलले शितल निवासमा ओम प्रकाश अर्याल, रमण कर्ण र जेनजीका तर्फबाट सुदन गुरुङसँग छलफल गरेको बताइएको छ ।

को हुन् सुशीला कार्की
विक्रम सम्बत २००७ सालमा विराटनगरमा जन्मिएकी कार्कीले महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बीए, भारतको बनारास हिन्दु विश्व विद्यालयबाट राजनीतिकशास्त्रमा स्नाकोत्तर गरेकी कार्कीले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी हुन् ।
२०७३ असोज २७ गते नेपालको पहिलो प्रधानन्यायाधिश बनेकी कार्कीले आफ्नो ११ महिने कार्यकालमा तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई पदमुक्त गर्ने ऐतिहासिक र साहसी फैसला गरेकी थिइन् भने तत्कालिन संचार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला समेत गरेकी थिइन् ।

शितल निवासमा जुट्यो सहमति, कार्कीले आजै पद तथा गोपनियताको सपथ खाने

 

वि.सं.२०८२ भदौ २७ शुक्रवार २१:४७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...