भूपाल अधिकारी, विराटनगर
दुष्टको आएन कहिल्यै चेतना
बस्छ गर्दै हरघडी आलोचना
गर्दथे बदनाम जसले खुब मेरो
लाउँथे हरदम तिनैले लान्छना
भस्म बन्दा पापको साम्राज्य नै
फेरि उसले गर्न थाल्यो स्थापना
बेसरी गर्दै दमन सरकारले
क्रान्तिकारीलाई दिन्थ्यो ताडना
देवता जस्ता मनुज छैनन् कतै
गर्न छोडौँ अब कसैको वन्दना
बहर – रमल मुसद्दस महजूफ
अर्कान – फाइलातुन् , फाइलातुन् , फाइलुन्
वजन – २१२२ – २१२२ – २१२
काफिया – अना
रदिफ – ०
अभ्यास – परिश्रमी पाठशाला
वि.सं.२०८२ असोज ४ शनिवार ०९:३२ मा प्रकाशित






























