back
CTIZAN AD

मुक्तक

वि.सं.२०८२ असोज ४ शनिवार

1.2K 

shares

हरिभक्त सिग्देल ‘महेश’, काठमाडौँ

१.
म निदाएछु तिम्रो काखमा सानु राम सम्झिएर
सुखद् थियो त्यो क्षण लेख्छु म नाम सम्झिएर ।
माया प्रेमको दुनियाँमा एकै छिन्को उपस्थिति
मलाई लाग्छ प्रिये हिँड्नै पर्छ काम सम्झिएर ।।

२.
इच्छाहरूको डुङ्गा चढी मित्र हो सागर तर्न सकिँदैन
विषयको ज्ञान र आँट नभई कुनै काम गर्न सकिँदैन ।
अध्ययन र तपस्याले मात्र मान्छेहरू ठुला बन्दछन्
नातावाद कृपावादमा केही भएन भनी मर्न सकिँदैन ।।

३.
घर जलाई आगो ताप्ने ज्ञानीहरूको लाममा हामी
कर्तव्यच्युत अधिकारीहरूको ठुलै धाममा हामी ।
लाज पचेका नेता राष्ट्रद्रोही ठहरिएपछि के गर्ने?
काम कर्तव्य योग्यता होइन पैसाको खाममा हामी ।।

४.
मिठो लाग्छ आमाको दुध त्यही पिएर हुर्कियौँ
सकेपछि सानुतिनो सहयोग नि दिएर हुर्कियौँ ।
अब गत्यावरोध न नेतृत्व ठिक न समाज ठिक
हुनेले धेरै नहुनेले चोरेरै पनि थोरै दिएर हुर्कियौ ।।

वि.सं.२०८२ असोज ४ शनिवार ०९:३७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...