back
CTIZAN AD

चारु

वि.सं.२०८२ असोज ४ शनिवार

1.1K 

shares

तेजप्रसाद खनाल, लमही, दाङ

अठोट लिनुपर्छ जीवनमा आशा मारेर हुन्न
सिँचाइ कमी भएको बोट सुख्खामा सारेर हुन्न

पहिला सिँचाइ गर्नुपर्छ है विरुवा बचाउन
संरक्षण गर्छु भनेर मात्र बार बारेर हुन्न

व्यवहार राम्रो हुनेगर्छ असल मान्छेको सधैँ
चेपारे मुखले मात्र ठिक्क अगाडि पारेर हुन्न

लडाउन भएभरको बल लगाउनेले यहाँ
अब कृतिम गोहीका आँसु सामुन्ने झारेर हुन्न

तँ निरन्तर अघि बढ्नुपर्छ बाधा पन्छाइ सधैँ
तेजप्रसाद तैँले जीवनमा हेर हारेर हुन्न ।

आदि अनुप्रास : आरेर
शेष अनुप्रास : हुन्न
अक्षर संख्या : १८

वि.सं.२०८२ असोज ४ शनिवार ०९:४१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...