कपिल किशोर घिमिरे, दाङ
थिए अनेकौँ पियार गर्ने ममा तिमिले के खास देख्यौ
मसङ्ग नाता जुट्यो पियारी र झोपडीमा छ वास देख्यौ
थिए यहाँ जो जहानियाँ ती सबै हराए भए पुराना
मिलेर फाल्यौँ यहाँ कुशासन हरेक मिल्दा निकास देख्यौ
तिमी नबन्नू यहाँ कुशासक बने नराम्रो हुनेछ हालत
गुमेर सत्ता मगज गुमेको त्यो दुष्टको अट्टहास देख्यौ
नठान हैकम सधैँ चलिरहन्छ खास यहाँ कसैको
हुँदैन उस्तै सदैव कसको चल्यो कहाँ एकनास देख्यौ?
बेकार बन्छौ तिमी दुखी खुब भएन धन साथमा भनेर
निकै कमाई धनी बने धनीले लगी गए धनको रास देख्यौ ?
बहर : जमिल मुसम्मन सालिम
अर्कान : मफाइलातुन् , मफाइलातुन्, मफाइलातुन्, मफाइलातुन्
वजन : १२१२२ – १२१२२ – १२१२२ – १२१२२
वि.सं.२०८२ असोज ४ शनिवार ०९:४५ मा प्रकाशित






























