back
CTIZAN AD

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

वि.सं.२०८२ असोज ५ आइतवार

891 

shares

जनकपुरधाम । जेनजी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा रु १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति भएको छ ।

जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको कार्यालय प्रमुख मानबहादुर पौडेलले जानकारी दिए । गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएका उनले बताए ।

कार्यालय प्रमुख पौडेलका अनुसार कर्मचारीको निवासमा रहेका लत्ताकपडा र कागजात एवं रकम समेत लुटेर लगेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यालयको नियमित सेवा सञ्चालन तथा क्षतिसबन्धी समीक्षा बैठकमा भन्सार प्रमुख पौडेलले आफ्नो कार्यालयको अवस्था तथा क्षतिको विवरण प्रस्तुत गरे ।

भन्सार प्रमुख पौडेलका अनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालबाट भन्सार जाँचपास सुरु गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । जकपुरधाम भन्सार कार्यालय तोडफोड र आगजनीका कारण सञ्चालनको अवस्थामा छैन ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सरकारी कार्यालयबाट जनताको कामलाई इमान्दारीपूर्वक, छिटोछरितो, सरल तथा सहज गर्न निर्देशन दिए ।

वि.सं.२०८२ असोज ५ आइतवार १५:४९ मा प्रकाशित

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

काठमाडाँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म...

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...