back
CTIZAN AD

आज आइतवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक २ आइतवार

813 

shares

आइतवार : तपाईंको राशिफल कस्तो छ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। सानो कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरका साथै चुनौती पनि देखा पर्नेछन्। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि परिस्थिति सहज नहुन सक्छ। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बुद्धिको उपयोगले लाभ मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रन सक्छ। अध्ययनमा समय दिन कठिन हुनेछ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा ढिलाइ हुन सक्छ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने समय आएको छ। रचनात्मक काम प्रारम्भ गर्ने अवसर मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटमा स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। तर नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। दिगो योजनाका लागि दौडधुप हुन सक्छ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। केही रकम खर्चनुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्न सक्छ तर सानो काममा पनि अधिक खर्च हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट लाभ मिल्नेछ। भौतिक साधनको प्रयोगले फाइदा हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमा लाभ उठाउने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा लाभ हुनेछ। विभिन्न परोपकारी काममा सहभागी भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता दिलाउनेछ। फाइदा कम भए पनि आँटेको काम सम्पन्न हुनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूलाई वशमा राख्न सकिनेछ। तर बलजफ्तीले सम्बन्धमा टाढापन आउन सक्छ। नियमित काममा भने फाइदा पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू पनि सक्रिय हुनेछन्। धेरै समय अरूका लागि खर्चिनुपर्ला। लक्ष्यमा पुग्न संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पण गरे पनि कामको मूल्य कम मात्र पाइनेछ। तापनि कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तर विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी बहन गर्ने समय छ। तत्काल मूल्य नपाए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यवसायका लागि सम्भावना खोज्ने समय छ। तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्न सक्छ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा व्यवहारमा समस्या आउन सक्छ। परिस्थिति र सम्बन्ध अनुकूल राख्न व्यवहारमा संयम अपनाउनुहोला। मिहिनेतले काम सम्पन्न भए पनि तत्काल आम्दानी हात लाग्ने छैन।

 

वि.सं.२०८२ कात्तिक २ आइतवार ०८:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...