back
CTIZAN AD

कविता : भएका कति सहिद यहाँ

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1.3K 

shares

उत्तम कुमार पोखरेल
सूर्यविनायक–३ भक्तपुर

घरको ज्योति थियौ नी बाबू पापीले मारेछ
ताकेर सारा शरीर बिच गोली नै झारेछ
भूमिको बिच जमेको देख्दा रक्तको आहाल
कुलको दीप थियौ नी बाबू भए छौँ बेहाल

पखेटा तिम्रो थिएन साथ उडेर गयौनी
बाबा र आमा इष्ट र मित्र भुलेर गयौनी
छाया छ साथ असली रुप रहेन साथमा
मायाको पोको छोडेर गयौ लगेनौँ साथमा।

जुत्तामा तिम्रो टाठै छ रक्त देख्दिनँ मुहार
प्रेमको फूल थियौ नी छोरा गर्नू के जुहार
चिम्लेर आँखा बसेका बुद्ध अन्धोझैँ देखिए
शान्तिको भूमि नेपाल देश रक्तले लेखिए

सम्झेर बस्दा चस्कन्छ छाती देशले बुझेन
कस्तो हो नीति युवाको माग कसैले बुझेन
मरेर गए देशको लागि कलिला बालक
फर्केर फेरी शासन गर्ने म नै हुँ चालक।।

सुनिन्छ यस्तै चलेछ हल्ला देशमा अहिले
जलेर देश खरानी भयो बन्छ र?कहिले
पदका भोगी भएको देख्दा आश्चर्य मान्दैछन्
भएका कति सहिद यहाँ युवाले भन्दैछन्

लोकलय : झ्याउरे
अक्षर सङ्ख्या : ३ – २ – ३ – २ – ३ –३

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...