back

कविता : भएका कति सहिद यहाँ

वि.सं.२०८२ कात्तिक १५ शनिवार

741 

shares

उत्तम कुमार पोखरेल
सूर्यविनायक–३ भक्तपुर

घरको ज्योति थियौ नी बाबू पापीले मारेछ
ताकेर सारा शरीर बिच गोली नै झारेछ
भूमिको बिच जमेको देख्दा रक्तको आहाल
कुलको दीप थियौ नी बाबू भए छौँ बेहाल

पखेटा तिम्रो थिएन साथ उडेर गयौनी
बाबा र आमा इष्ट र मित्र भुलेर गयौनी
छाया छ साथ असली रुप रहेन साथमा
मायाको पोको छोडेर गयौ लगेनौँ साथमा।

जुत्तामा तिम्रो टाठै छ रक्त देख्दिनँ मुहार
प्रेमको फूल थियौ नी छोरा गर्नू के जुहार
चिम्लेर आँखा बसेका बुद्ध अन्धोझैँ देखिए
शान्तिको भूमि नेपाल देश रक्तले लेखिए

सम्झेर बस्दा चस्कन्छ छाती देशले बुझेन
कस्तो हो नीति युवाको माग कसैले बुझेन
मरेर गए देशको लागि कलिला बालक
फर्केर फेरी शासन गर्ने म नै हुँ चालक।।

सुनिन्छ यस्तै चलेछ हल्ला देशमा अहिले
जलेर देश खरानी भयो बन्छ र?कहिले
पदका भोगी भएको देख्दा आश्चर्य मान्दैछन्
भएका कति सहिद यहाँ युवाले भन्दैछन्

लोकलय : झ्याउरे
अक्षर सङ्ख्या : ३ – २ – ३ – २ – ३ –३

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३१ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही -१८, दाङ १. पार्टीविहीन बनाउँ सरकार भन्छन्...

रागविराग

रागविराग

घनश्याम पौडेल, पोखरा मान्छे भयो अति धेरै बेइमानी गल्तीहरू गर्छ...

कविता : शरीरको गुनासो

कविता : शरीरको गुनासो

कल्पना अधिकारी, काठमाडौँ यो ज्यानले भन्छ भयो नलेख् भो। नानथरीका...

चारु

चारु

पशपती राई, हलेशी तुवाचुङ – ५, खोटाङ मेरो गोरूको बाह्रै...

गजल

गजल

उत्तम विचार,टोखा, काठमाडौँ निभेका कथा छन् बलेका कथा छन् कयौँ...

गजल

गजल

कलानिधि दाहाल रातोपुल, काठमाडौँ भन्थे सबै दयालु देख्थेँ म ऊ...