back
CTIZAN AD

कविता : कञ्चन छटा

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1.7K 

shares

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

लु नाचौँ यी हाम्रा करुण रसका काव्य सिउरी
रमाऔँ श्रष्टाका अनुभव बटुल्दै वरिपरि
तिखारौँ छन् भित्री मन मगजमा तोरण घटा
यसैलाई भन्छन् सुपथ दिलको कञ्चन छटा ।१।

नहारेका हेरौँ सकलजनका कर्म जति छन्
सपारेका देखौँ गतिविधि सबै श्रव्य जति छन्
उठाऔँ यी माथा गगनसरिका मापन गरी
भिजुन् आत्मा हाम्रा रस–रङ अनेकौँ घत परी ।२।

जलाऔँ ईष्र्याका मणि जडित आफ्ना घरहरू
रमाउन् थोत्रा ती पहिरन उनेका करहरू
बनाऔँ साझा यी धन घर सबै लोभ नगरी
सकिन्छन् विद्रोही कलुष मनका घात पगरी ।३।

जहाँ बाँच्छन् पक्षी पशु पनि उनैका घरबिना
यिनै पृथ्वीमा छन् जलचर सु–संरक्षकबिना
चलेकै छन् पुस्ता खटन नहुँदाका गति लिन
बढी प्यारो बन्दा अझ तल परÞ्यौँ मानिस किन ?४

भयो घाती जस्तै अबुझ मन हाम्रो बिरसिलो
रह्यो कालो मैलो चुकसरि खुबै छैन गतिलो
भए जेठाबाठा खल किन छ प्रज्ञा अनुजको
कि ब्रह्माले भुल्दा मगज तुहियो रे मनुजको ?५

छन्द : शिखरिणी
गण : य – म – न – स – भ – ल – गु
सङ्केत : ISS – SSS Ö III – IIS – SII – I – S

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...