back

कविता : कस्तो सोच ठीक ?

वि.सं.२०८२ कात्तिक १५ शनिवार

744 

shares

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

खँगारो दिशामा हिँडेको छु आज ।
सयौँ डस्छु मान्छे बनेको छु बाज ।।
पुरा दिव्य नासाहरू चिन्न छोडेँ ।
कमाऊँ भनी द्रव्य उत्पात जोडेँ ।।०१।।

म लेखूँ यहाँ त्यो सबै लेखिँदैन ।
भनूँ दुष्ट चाला भनी रित्तिँदैन ।।
सबैले मलाई पुजून् मात्र लाग्छ।
हिया यी खियामा दुखून् मात्र जाग्छ।।०२।।

भलो व्यक्ति मानून् कमाऊँ म नित्य ।
उठे बोल्न कोही उही फस्छ नित्य ।।
हिजो कष्टको भेल बग्दा जजल्ले ।
गरे नित्य सेवा कहाँ भेट्छ त्यल्ले ?०३।।

कमेडी कलाझैँ सयौँ फ्याँक्छु जाल ।
सही कर्म गर्ने सधैं भोग्छ हाल ।।
बने व्यक्ति निर्धा नयाँ हर्ष जाग्छ ।
तिनै माथि टेक्दा खुसी जोड लाग्छ ।।०४।।

अनेकौँ गथासो जमेको छ आज ।
सबै भन्न थाले चल्यो दुष्ट राज ।।
कला ठग्न खोज्ने कलाको छ घाती ।
बने घात गर्ने हुने हो नजाती ।।०५।।

बनूँ नित्य आफू इमानी र जाती ।
सधैँ डर्दछन् दुष्ट दुर्छे र घाती ।।
निराशा म त्यागूँ गरूँ कर्म राम्रा ।
कहाँ बस्न सक्छन् सबैका नराम्रा ?०६।।

छन्द : भुजङ्गप्रयात
गण :य – य – य – य
गण सङ्केत : ISS – ISS – ISS – ISS

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३५ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही -१८, दाङ १. पार्टीविहीन बनाउँ सरकार भन्छन्...

रागविराग

रागविराग

घनश्याम पौडेल, पोखरा मान्छे भयो अति धेरै बेइमानी गल्तीहरू गर्छ...

कविता : शरीरको गुनासो

कविता : शरीरको गुनासो

कल्पना अधिकारी, काठमाडौँ यो ज्यानले भन्छ भयो नलेख् भो। नानथरीका...

चारु

चारु

पशपती राई, हलेशी तुवाचुङ – ५, खोटाङ मेरो गोरूको बाह्रै...

गजल

गजल

उत्तम विचार,टोखा, काठमाडौँ निभेका कथा छन् बलेका कथा छन् कयौँ...

गजल

गजल

कलानिधि दाहाल रातोपुल, काठमाडौँ भन्थे सबै दयालु देख्थेँ म ऊ...