back
CTIZAN AD

कविता : कस्तो सोच ठीक ?

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1.1K 

shares

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

खँगारो दिशामा हिँडेको छु आज ।
सयौँ डस्छु मान्छे बनेको छु बाज ।।
पुरा दिव्य नासाहरू चिन्न छोडेँ ।
कमाऊँ भनी द्रव्य उत्पात जोडेँ ।।०१।।

म लेखूँ यहाँ त्यो सबै लेखिँदैन ।
भनूँ दुष्ट चाला भनी रित्तिँदैन ।।
सबैले मलाई पुजून् मात्र लाग्छ।
हिया यी खियामा दुखून् मात्र जाग्छ।।०२।।

भलो व्यक्ति मानून् कमाऊँ म नित्य ।
उठे बोल्न कोही उही फस्छ नित्य ।।
हिजो कष्टको भेल बग्दा जजल्ले ।
गरे नित्य सेवा कहाँ भेट्छ त्यल्ले ?०३।।

कमेडी कलाझैँ सयौँ फ्याँक्छु जाल ।
सही कर्म गर्ने सधैं भोग्छ हाल ।।
बने व्यक्ति निर्धा नयाँ हर्ष जाग्छ ।
तिनै माथि टेक्दा खुसी जोड लाग्छ ।।०४।।

अनेकौँ गथासो जमेको छ आज ।
सबै भन्न थाले चल्यो दुष्ट राज ।।
कला ठग्न खोज्ने कलाको छ घाती ।
बने घात गर्ने हुने हो नजाती ।।०५।।

बनूँ नित्य आफू इमानी र जाती ।
सधैँ डर्दछन् दुष्ट दुर्छे र घाती ।।
निराशा म त्यागूँ गरूँ कर्म राम्रा ।
कहाँ बस्न सक्छन् सबैका नराम्रा ?०६।।

छन्द : भुजङ्गप्रयात
गण :य – य – य – य
गण सङ्केत : ISS – ISS – ISS – ISS

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...