back
CTIZAN AD

कविता : सिमेन्ट बन्दैछ मेरो शहर

वि.सं.२०८२ कात्तिक १५ शनिवार

864 

shares

छविलाल कोपिला
मजगाउँ, देउखुरी दाङ

यतिबेला
बिस्तारै मेरो शहर
सिमेन्ट जमेर कठोर चट्टान बन्दैछ ।

हिजो,
सिर्जनाका कलिला मुना उमार्ने माटो
फूलहरूमा सुवास छर्ने माटो
नहरहरूमा कञ्चन पानी बगाउने माटो
अचेल,
सिमेन्ट फिटेर घर अग्लेछ ।

चोकमा सिमेन्टको ढुङ्गेधारा बन्दैछ
र बीच चौराहामा सिमेन्टकै शालिक छ
यताको नाली,
उताको पालीमा तिनै सिमेन्टकै ढलान हुँदैछ
त्यसैले मेरो शहर
यतिबेला सिमेन्ट बन्दैछ ।

अचेल,
तिनै सिमेन्टमाथि उभिएर
कागजका नोटसँगै
आफ्नो अस्मिताको सौदा गर्दै
मेरो शहरभित्र मानवता
प्लाष्टिकको गिलास जस्तै पग्लिरहेछ ।

नैतिकताका हरफहरू
साउन–भदौको उर्लिदो भेलसँगै
धमिलो पानीमा हराइरहेछ
यता मेरो शहर भने
नुनको भाउमा सिमेन्ट भित्राउँदैछ
र, ऊ आफै सिमेन्ट बन्दैछ ।

औँसीमा जून हराए जस्तै
अचेल मेरो शहरमा
दिउँसै सूर्य हराउँछ ।

डम्म कुहिरो लागेर सपनाहरूमा ग्रहण लाग्छन्
असार हेर्ने नयनहरू
सधैँ मरुभूमिमा भौतारिरहेछन्
र आँसुका समुद्रमा डुबेर गाउँहरू
मृत्युका पाउ मोलिरहेछन्
यता अखबारमा समाचार आयो
मेरो शहरले त सिंदूर भ¥यो
नयाँ दुलही भित्र्यायो
र दाइजोले सिमेन्टकै अर्को महल ठड्यायो ।

अचेल,
मेरो शहरमा बिच चौराहमा
शालिक उभिएझैँ
निर्पत्र उभिएकाछन् रुखहरू
स्तब्ध छ हावा
मौन छ कञ्चन पानी
र आँसु पिएर बाँचिरहेछन् चराहरू
किन भने,
अचेल, मेरो शहरमा वनस्पति उम्रदैन
शितलता दिने स्वच्छ हावा चल्दैन
र सु–मधुर भाकामा गीत गाउने चराहरूको
तिनै सिमेन्टले बनेका महलका बार्दलीहरूमा
दिनहुँ निर्मम हत्या भइरहेछ ।

मेरो शहर भने
वियर र ह्विस्कीहरूको बोर्ड बैठकमा
अर्को नयाँ घरको योजना पास गर्दैछ
कुनै फ्याक्ट्रीसँग नयाँ सम्झौता गर्दैछ
र, सिमेन्टको बुई चढेर
आफ्नो हैसियत नाप्न
एउटा शक्तिशाली भूकम्पलाई निम्तो गर्दै
ऊ आफू अग्लिने धुनमा छ
र, अहिले ऊ आफू एक्लै अग्लिरहेछ ।

 

 

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...