back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक १५ शनिवार

987 

shares

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ

नगर्ने कामकै चर्चा खुबै चल्ने जमाना छ
लुटी खाने लुटेराकै यहाँ दमदार नखरा छ

सधैँ हालीमुहाली हुन्छ नेताका भरौटेका
सदनमा रातदिन उनकै मनोमानी तमासा छ

सियो चोर्नेहरूलाई उभ्याए कठघरामाथि
मुलुक लुट्नेहरूलाई हमेसा मस्त मज्जा छ

झुके सारा यहाँका राजनेता पाउमा उसको
रियासत हाँक्छु भन्ने घरमुली तस्करको वशमा छ

युवा सारा हिँडे परदेश छैनन् गाउँमा कोही
पलायनवादले घर बृद्धले भरिने अवस्था छ

बहर : हजज मुसम्मन सालिम
अर्कान :मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजन : १२२२ – १२२२ – १२२२ – १२२२
काफिया : आ ( एकाक्षरी )
रदीफ : छ
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:३९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...