back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1.2K 

shares

कुमार थापा उमेश गौरी गाउँले
‎निजगढ – ९, बारा
‎हालः झारखण्ड भारत

‎यो जिन्दगी त साँच्चै एक्लो सफर रहेछ
‎यात्रा फरक फरक छन् हेर्ने नजर रहेछ

‎लाचार देख्छ नजरले रोगी भएर बस्दा
‎लाचार पन भनेको नैतिक असर रहेछ

‎सुन्दर भविष्य खोज्दै सम्पति खटेर जोड्छौ
‎जाँदैन साथ केही व्यर्थै फिकर रहेछ

‎जानै छ एक दिन यो धर्ती बिदा भएरै
‎सोच्दैन मृत्यु बारे कस्तो कहर रहेछ

‎जीवन गुमेर जाँदा परलोक भन्छ मान्छे
‎संसार एक पलको बेकार घर रहेछ।

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफऊल फाइलातुन् मफऊल फाइलातुन्
वजन : २२१, २१२२ / २२१ – २१२२
कफिया : अर
रदिफ : रहेछ

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...