back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1K 

shares

उत्तम विचार, टोखा, काठमाडौँ

म बेच्नेछु भन्दै बडो ढुक्क मानी
जलायो कसैले भयो घर खरानी

जले सिंह दरबार अड्डा अदालत
न दमकल पठायो पटायो न पानी

यहाँ भ्रष्टले राष्ट्र उठ्नै दिएनन्
जसै रात नढल्दै हुन्नन् बिहानी

लगाएर पानी बस्यौँ बालुवामा
डुबायौँ त्यसैले गुमायौँ लगानी

पुगून् शीघ्र उन्नति प्रगति कन्दरामा
त्यहीँ काठमाडौ त्यहीँ राजधानी

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आनी
रदिफ : ०

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...