उत्तम विचार, टोखा, काठमाडौँ
म बेच्नेछु भन्दै बडो ढुक्क मानी
जलायो कसैले भयो घर खरानी
जले सिंह दरबार अड्डा अदालत
न दमकल पठायो पटायो न पानी
यहाँ भ्रष्टले राष्ट्र उठ्नै दिएनन्
जसै रात नढल्दै हुन्नन् बिहानी
लगाएर पानी बस्यौँ बालुवामा
डुबायौँ त्यसैले गुमायौँ लगानी
पुगून् शीघ्र उन्नति प्रगति कन्दरामा
त्यहीँ काठमाडौ त्यहीँ राजधानी
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आनी
रदिफ : ०
वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४२ मा प्रकाशित




























