सीता शर्मा पन्थी
वीरगन्ज, पर्सा
रुनु हुन्न दुख पर्दा दुख भित्रै संसार छ
सोच्नु हुन्न ज्यादा अरू जीवन यो अपार छ।
समाजका ऐना हामी मिलीजुली रहनु नै
नेपाल हाम्रो साझा फूलबारी बसे प्यार छ।
बेरोजगारी बढेर जानुपर्यो परदेश
आउँदा याद अगाडि झलझली मुहार छ।
आफ्ना भावना उजगार गर्ने साहित्यमा
राग, विराग जोड्ने यहीकक एउटा तार छ।
असल चाल चलनको व्यवस्थापन भए
देश बन्छ छिट्टै निकासको विचार छ।
आदि अनुप्रास : आर
शेष अनुप्रास : छ
वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४४ मा प्रकाशित




























