back
CTIZAN AD

शिक्षणसँगै खेतीकिसानी

वि.सं.२०८२ कात्तिक १९ बुधवार

789 

shares

महेन्द्रनगर । पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । विसं २०५४ देखि शिक्षण पेसामा लाग्नुभएका घिमिरे हाल व्यावसायिक किसानका रूपमा नगरक्षेत्रमा परिचित छन् ।

विसं २०७५ मा दुई बिघाबाट सुरु भएको घिमिरेको केराखेती हाल साढे आठ बिघामा विस्तार भएको छ । यो जमिन उनले भाडामा लिएका हुन् । जमिनको भाडा वार्षिक रु पाँच लाख छ ।

“केराखेतीबाट वार्षिक रु १० लाख नाफा हुन्छ”, खेतीबाट भएको आम्दानी खेती विस्तारमा नै लगाएको जानकारी दिँदै किसान घिमिरेले भने । मौसम अनुकूल नहँुदा बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए । केराखेतीबाट वार्षिक रु ३० लाखसम्मको कारोबार हुने गरेको छ । केराखेतीमा आफूले १० जनालाई रोजगारी दिएको बताए ।

किसान घिमिरेका अनुसार बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजार सिँचाइलगायत विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग प्राप्त छ । उनी अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत छन् । उनले बीउबिजन उत्पादन पनि गर्दै आएका । शिक्षणपछिको उनको समय खेतबारीमा बित्छ ।

पुनर्बास नगरपालिका–६ ङगाउँका विमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे । साना किसान संस्थामार्फत ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिनुभएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे ।

किसान भण्डारीले भने, “केराखेती गरेको सात वर्ष भयो, हाल छ बिघामा खेती विस्तार भएको छ, वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ ।” उनले १२ बिघा खेत भाडामा लिएर छ बिघामा केरा र बाँकीमा मकै, तोरी, गहुँ र धानखेती गरेका छन् । उनले दुई जनालाई रोजगारी पनि दिएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार यहाँ प्रतिहेक्टर २० मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । ‘एक पालिका, एक उत्पादन’ कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिका केराखेतीका लागि छनोट भएको छ । त्यसका लागि पालिकाले रु ४० लाख विनियोजन गरेको छ ।

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:१३ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...