back
CTIZAN AD

माओवादी र एकीकृत समाजवादीसहित ८ दलले आज एकता घोषणा गर्दै

वि.सं.२०८२ कात्तिक १९ बुधवार

693 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले आज बुधबार एकता घोषणा गर्दैछन् ।

काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ८ दलले एकता घोषणा गर्न लागेका हुन् । आज दिउँसो १ बजे एकता घोषणा हुनेछ । उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ८ राजनीतिक दलले आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकेका छन्। एकीकृत पार्टीको नाम भने निर्णय भइसकेको छैन ।

सहमति पत्रमा माओवादी केन्द्रका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव चिरन पुन, नेकपा साजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

पार्टीको सिद्धान्त माक्र्सवाद, लेलिनवाद हुने उल्लेख छ । त्यस्तै आगामी ६ हिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा भनिएको छ ।

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:२९ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...