back
CTIZAN AD

सामसङ नेपालले लिएर आएको छ ग्यालेक्सी Tab S11: क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट

वि.सं.२०८२ कात्तिक २३ आइतवार

546 

shares

काठमाडाैँ । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब S11 नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी AI र One UI 8 द्वारा संचालित, ट्याब S11 ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिन्छ। यो ट्याब अहिले तपाईंको नजिकैको स्टोरमा रु. १,२९,९९९ (१२GB/२५६GB) मा उपलब्ध छ।

सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब S11 मा One UI 8 भित्र नै बहुआयामिक Galaxy AI क्षमता निर्मित गरिएको छ, जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ। Gemini Live (रियल–टाइम स्क्रिन शेयरिङ), Drawing Assist, Writing Assist, र Circle to Search जस्ता उपकरणहरूले प्रयोगकर्तालाई बिना सम्झौता काम, अध्ययन र आत्म–अभिव्यक्तिमा सशक्त बनाउँछन्।

ग्यालेक्सी Tab S11 मा ११.० इन्चको उच्च– डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ nm प्रोसेसर रहेको छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ। यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको S Pen मा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताle यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।

थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ Samsung DeX Extended Mode पनि समावेश छ, जसले ट्याब S11 र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ। साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ। GoodNotes, Clip Studio Paint, LumaFusion, र Notion जस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब S11 लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी साथी बनाउँछ।
सामसङ नेपालका MX डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् ।

“ग्यालेक्सी ट्याब S11 मार्फत हामी नेपालका युवा पेशेवर र सिर्जनाकर्मीहरूलाई प्रिमियम उत्पादकता र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गर्दैछौं। यो तपाईंलाई जहाँ भए पनि ठूला सोच, स्मार्ट काम र अझ बढी अभिव्यक्ति गर्न सक्षम बनाउने गरी डिजाइन गरिएको हो।”

ग्यालेक्सी ट्याब S11 अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छ। साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा संचालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।

 

वि.सं.२०८२ कात्तिक २३ आइतवार १४:३० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...