back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ कात्तिक २९ शनिवार

1.2K 

shares

सुरेशकुमार पाण्डे
घोराही -१८, दाङ

१.
पार्टीविहीन बनाउँ सरकार
भन्छन् पार्टी खोल्दै
झुक्काउने गर्छन् व्यवहार ।

२.
दुर्गन्धित भयो अति
राजनीति हाम्रो देशको
नेताको सुध्रिएन मति ।

३.
राम्रो एकताको बाटो
अखण्ड देशका हामी
खाऊ स्वदेशको आटो ।

४.
कर्मले बनाउँछ चित्र
सकारात्मक र नकारात्मक
पावर हुन्छ खुराकभित्र ।

५.
चुनाव नजिक आयो
पार्टीहरू थाले चलमलाउन
नेताले साइत फर्कायो ।

६.
आफ्नै स्वार्थको खेल
जति कोसिस गरोस्
हुन्छ आखिर फेल ।

७.
छैन राजनीति सजिलो
दलाली गर्नेको भिडमा
देशभक्त बन्छ अगतिलो ।

८.
सडक, सदनको सङ्घर्ष
गरिरहेकै हुन्छन् गर्नेले
भत्किरहन्छ प्रत्येक वर्ष ।

९.
सबैले छ सोच्नैपर्ने
आज प्रण गरौँ
भ्रष्टाचार कत्ति नगर्ने ।

१०.
बाचौँ देशका लागि
सभ्य नागरिक भएर
कोही नबनौँ दागी ।

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०६:०३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...