back
CTIZAN AD

बेल बिना मैदानमा उत्रिएको वेल्स बराबरीमा रोकियो, कठिन बन्दै विश्वकप यात्रा

वि.सं.२०७४ जेठ २९ सोमवार

717 

shares

bale

२९ जेठ,  काठमाडौँ । युरोकपमा उत्कृष्ट प्रर्दशन गरेर राता रात चर्चामा आएको वेल्सले विश्वकप खेल्ने सम्भावना कम हुँदै गएको छ । समुह डी अन्र्तगतको हिजो राती भएको खेलमा वेल्स शीर्ष स्थानको सर्वियासँग बराबरीमा रोकिएको हो । वेल्सले खेलको ३५ औ मिनेटमा आरोन राम्सीको गोलबाट अग्रता लिएको थियो तर खेलको ६६ औ मिनेटमा सर्वियाका एलेक्जान्डर मित्रोभिकले बराबरी गोल फर्काएपछि वेल्स बराबरीमै रोकिएको हो ।

चोटका कारण स्टार फरवार्ड ग्यारेथ बेललाई गुमाएको वेल्सले विश्वकप छनोट अन्र्तगतका ५ खेलमा बराबरी खेल्दै आएको छ । समुह डी मा तेस्रो स्थानमा रहेको वेल्सको ८ अंक रहेको छ भने पहिलो र दोस्रो स्थानमा रहेका सर्विया र उत्तरी आयरल्यान्डको १२ अंक रहेको छ । विश्वकपको यात्रा तय गर्न वेल्सले छनोटका अन्त्यमा कम्तीमा पनि दोस्रो स्थानमा रहनुपर्छ । दोस्रो स्थानमा रहने टिमले अर्को समुहसँग छनोट खेल्नु पर्ने हुन्छ । वेल्सले  छनोट  हुन अब बाँकी छनोट खेलमा वेल्सले उत्कृष्ट नतिजा निकाल्नु पर्ने हुन्छ ।

वि.सं.२०७४ जेठ २९ सोमवार १०:०१ मा प्रकाशित