back
CTIZAN AD

तराजुको मानमर्दन?

वि.सं.२०८२ मंसिर २४ बुधवार

1.1K 

shares

घर–आगनदेखि
न्यायालयसम्म
जीवितै रहन्छ
न्यायको तराजु ।

तर
तराजु मुसार्नेहरुको
आँखामा पट्टी भए पनि
आँखा बन्द रहेन
तराजुको ।

उसले देख्छ
उसले छुट्याउँछ
पसिनाको पीडादायी भारी
अत्तरको आलिसान घारी
ज्याक, ढ्याक र प्याकको पल्ला
सत्य कर्म र निष्ठाको पल्ला
अनि गुमाउँछ
सन्तुलन र मानमर्दन
तराजुले ।

त्यसैले,
कालो कर्तुतमा
मौनताको
सेतो स्टिकर टाँसेर
सानोलाई ऐन
ठुलोलाई चैन
भइरहन्छ यहाँ ।

तराजुको
इमान जमान किन डराउँछ ?
मानमर्दन किन हराउँछ ?
किन आजसम्म
प्रश्नको भारी बोकेर
अनुत्तरित छ तराजु ?

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नागार्जुन–१०, काठमाडौँ
मंसिर २३, २०८२

वि.सं.२०८२ मंसिर २४ बुधवार १४:५५ मा प्रकाशित

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...