back
CTIZAN AD

कविता : सौन्दर्यशक्ति

वि.सं.२०८२ मंसिर २७ शनिवार

591 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक,झापा

‎अद्भुत रुपमा छ के! मान्छे ¥याल चुहाउँछन्
‎विश्व सम्राट परै छोड इन्द्रै शिर झुकाउँछन्
‎सौन्दर्य शक्ति अहो !! दृष्टिभ्रम गराउँछ
‎आँखाको गद्दीमा बसी छद्म सत्ता चलाउँछ।

‎मनको सौन्दर्यशास्त्र कठै !! रुँदै व्यथा सुनाउँछ
‎एकान्त खोपीमा बसी एक्लै गुनगुनाउछ
‎रुपको बसमा अल्झी तानाशाह कति ढले
‎मैहुँ भन्ने सेनानायक रुपकै रापमा जले ।

‎मनको सुन्दरता खोज्छ कस्ले आज कठैवरी
‎बैंसको आयु ठान्छ रे !! आज मान्छे अजम्बरी
‎जीवनै त जान्छ मरेर के हो रुपको चुरीफुरी
‎रुपकै गुलाफ बेच्दछन् धरतीका अलकापुरी।

‎गरेर सौन्र्दर्य पान तृप्ति मिल्छ कहाँ हरे
‎जादुयी रुपका पर्दा परेलीमा कति झरे
‎लोभ मोह भोगी सत्ता शान्त मन जलाउँछ
‎मनभित्र उखरमौलो छुने रहर पलाउँछ।

‎स्पर्श मोह बिटुलो धड्कन तडप सुनाउँछ
‎प्रेमको सत्ता ढल्यो रे ! चिच्याउँदै कराउँछ
‎रुपको धारिलो धार मान्छे घाइते बनाउँछ
‎हेरेर छट्पटी तड्पाई फेरि उसै रमाउँछ।

वि.सं.२०८२ मंसिर २७ शनिवार ०७:२७ मा प्रकाशित

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...