back
CTIZAN AD

कविता : भ्रष्टाचार त्यागूँ

वि.सं.२०८२ मंसिर २७ शनिवार

747 

shares

दीनानाथ पोख्रेल,सुम्बेक, इलाम

भ्रष्टैभ्रष्ट छ देश दुख्छ अति नै त्याग्दैन यो शासक ।
डस्छन् मानव अर्थ चोर सबले छन् देशका घातक ।।
पानी घाट कुलो बजार घरका हुन् काम जेजे जति ।
धुत्छन् नोट खुलेर भ्रष्ट सबले भोग्छौँ सबै दुर्गति ।।१।।

भ्रष्टाचार गरेर अर्थ अहिले थुप्रो लगाए पनि ।
के सामथ्र्य रहन्छ मृत्यु पछि यो? जाँदैन आफ्नो बनी ।।
त्रासैत्रास बढेर दुख्दछ हियो यो सत्य त्याग्छौ किन ?
आफ्नै सन्तति थुक्दछन् मनमनै यो तथ्य भुल्छौ किन ?०२।।

सिङ्गै विश्व नकार्छ भ्रष्ट मनुवा यो सत्य पक्री उठ ।
भ्रष्टाचार हटाउँदै मनुजता खुल्ने क्रियामा जुट ।।
भन्छन् बुज्रुक भ्रष्ट हुन्न कहिल्यै यो ज्ञान त्याग्छौ किन ?
त्यागे लोभ सकिन्छ उक्लन उँभो मान्छे बनी चम्किन ।।०३।।

सिङ्गै विश्व डुलूँ छ मानव जहाँ सेवा सधैँ गाउँछन् ।
यस्ता पुण्य खुलेजहीँ मनुजले सम्मान बर्साउँछन्।।
अग्ला कर्म टिपी चढूँ सगरमा भाग्नेछ रोगी हियो।
चारैतर्फ उदात्त भाव भरिँदै बल्नेछ सङ्लो दियो ।।०४।।

झर्दै सागर फेदमा सफर होस् सत्कर्म भेटिन्न र ?
उड्दै व्योम डुलूँ सुकर्म गिरिमा सङ्कष्ट मेटिन्न र ?
भ्रष्टाचार तुरुन्त त्याग म गरूँ मान्छे रमाऊन् भनी ।
कर्मी मार्ग चुनेर दौडन सकूँ बन्नेछ मान्छे जुनी ।।०५।।

डाहा आरिस शान्तिभाव दिलको चुस्छन् जुकाझैँ बनी।
क्रोधी भाव नराख जल्दछ हियो त्यागूँ म मान्छे बनी ।।
मान्छे योग्य छ यो भनोस् भव खुली भित्रन्छ हाँसो मिठो ।
उम्दा मानव कर्मले दिन बितून् बन्नेछ मान्छे छिटो।।०६।।

त्यागी कर्म बसे त्यही समयले पार्ने छ सम्झी रुने ।
जागी कर्म गरे उठेर सहसा बन्नेछ तारा छुने ।।
त्यागूँ ढुल्मुल भावना मगजका सङ्लो बनाऔँ हियो ।
चारै तर्फ खुसी छरेर हितको बल्नेछ सङ्लो दियो ।।०७।।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI –  SSI – S

वि.सं.२०८२ मंसिर २७ शनिवार ०५:५६ मा प्रकाशित

गणतन्त्रको प्रिय रातो फूल

गणतन्त्रको प्रिय रातो फूल

तिम्रो सुगन्ध सुघ्ने भन्दै, केहि मानिसहरु बगैचा कब्जाको, रमाईलो गर्दैछन...

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...