back
CTIZAN AD

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आवेदनको ट्र्याक गर्न सक्ने

वि.सं.२०८२ पुस १ मंगलवार

756 

shares

काठमाडाैँ ।  एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।

बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा ‘ट्र्याकिङ नम्बर’ प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ (Digital Banking) खण्डमा गएर र अनलाइन कर्जा ट्र्याकिङ (Online Loan Tracker) चयन गरी वा सिधै https://digi.nmb.com.np/loan-tracker मा गएर पनि आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन सक्नेछन् ।

यो सुविधाले ग्राहकलाई थप सुविधा प्रदान हुने साथै कर्जा प्रक्रियामा पारदर्शिता पुग्ने कुरामा बैंकले बिश्वास लिएको छ । एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०८२ पुस १ मंगलवार १८:०४ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...