back
CTIZAN AD

आज बुधबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस २ बुधवार

894 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास बढ्ने दिन हो । रोकिएका कामहरू क्रमशः अघि बढ्ने संकेत छन् । काममा साथ दिने व्यक्तिहरू भेटिन सक्छन् । खर्चमा भने संयम अपनाउनु उपयुक्त हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धनसम्बन्धी विषयमा सतर्क रहनुपर्ने दिन छ । पारिवारिक वातावरण भने शान्त र सहयोगी रहनेछ । पुराना योजनाहरू पुनः सोचेर अघि बढ्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुराकानी र सम्पर्कबाट फाइदा मिल्नेछ । नयाँ चिनजान उपयोगी बन्न सक्छ । मन चञ्चल भए पनि निर्णय गर्दा धैर्य अपनाउनु आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ । मनमा सन्तोष र आत्मीयता बढ्ने दिन हो । स्वास्थ्यतर्फ भने सानो लापरवाहीले समस्या ल्याउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामकाजमा प्रशंसा पाउने सम्भावना छ । नेतृत्वदायी भूमिकामा रहनुपर्ने दिन हो । अहंकारबाट टाढा रहेर व्यवहार गरे सफलता मिल्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परिश्रमको फल ढिलो भए पनि अवश्य प्राप्त हुनेछ । अध्ययन र लेखनमा मन जानेछ । अनावश्यक चिन्ता त्याग्नु राम्रो हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तुलन कायम गर्नुपर्ने दिन हो । दाम्पत्य वा प्रेम सम्बन्धमा समझदारी बढ्नेछ । आर्थिक निर्णय सोचविचार गरेर लिनु उपयुक्त हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि भावुक हुन सक्छ । गोप्य कुरा बाहिर नल्याउनु राम्रो हुन्छ । धैर्य राखेमा परिस्थिति तपाईंको पक्षमा आउँछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्रा वा भेटघाटको सम्भावना छ । नयाँ अवसरले उत्साह बढाउनेछ । कानुनी वा कागजी काममा सतर्क रहनु आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज जिम्मेवारी बढ्ने दिन हो । मेहनत अनुसारको नतिजा पाउने संकेत छन् । वरिष्ठ व्यक्तिको सहयोग मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र योजनाले मन उत्साहित बनाउनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रसँगको सम्बन्ध मजबुत बन्ने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक सोचतर्फ मन जानेछ । खर्च बढ्ने सम्भावना भए पनि आवश्यक कार्यमै हुनेछन् । भावनामा बगेर निर्णय नगर्नु उपयुक्त हुन्छ ।

२०८२ पौष २ गते, बुधबार, १७ डिसेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस २ बुधवार ०६:४८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...