back

बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

वि.सं.२०८२ पुस ८ मंगलवार

297 

shares

अमरगढी (डडेल्धुरा) । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन ।

उनले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गरे । उनले गाडिएका खमबा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गसररहेका बताए । यस्तै भागेश्वर गाउँपालिकाकै ओडाखानका स्थानीय भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको बताए । उनले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको र सोलार घाम लागेको दिन मात्र चल्ने समस्या रहेको बताए ।

डडेल्धुराका एक हजारभन्दा बढी घरधुरी अझै पनि विद्युत् सुविधाबाट वञ्चित रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहका एक हजार २१ घरधुरीमा बिजुली नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रका ६० घरधुरीमा अझै बिजुली पुगेको छैन । परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा विद्युत् सेवा पुगेको छैन ।

आलिताल गाउँपालिकामा १८९ घरपरिवार, भागेश्वर गाउँपालिकामा १४८ घरपरिवार, नवदुर्गा गाउँपालिकामा ८५ घरपरिवार, अजयमेरु गाउँपालिकामा १०० घरपरिवार तथा गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै विद्युत् पहुँचबाहिर छन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको छ । बाँकी एक हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उनले बताए । उनले सबै नागरिकलाई विद्युत् पहुँचमा पु¥याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए ।

बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिक भने टुकी र सोलारको भरमा दैनिकी बिताउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासका बस्तीदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म अझै पनि विद्युत् विस्तार हुन सकेको छैन ।

वि.सं.२०८२ पुस ८ मंगलवार १४:२८ मा प्रकाशित

Himalayan Life AD
दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन

दार्चुला । जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण...

नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा आजदेखि जलपंक्षी गणना सुरु

नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा आजदेखि जलपंक्षी गणना सुरु

घोडाघोडी (कैलाली) । नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी...

महिनावारीका नाममा हुने विभेद कायमै

महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) । विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती...

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर...