back
CTIZAN AD

कविता : सहनशीलता हो ठुलो बुटी

वि.सं.२०८२ पुस १२ शनिवार

681 

shares

कविराज घिमिरे
चाँगुनारायण, भक्तपुर

मन छ चञ्चले प्याच्च बोल्दछ
चुप हुँदैन खै ! गोप्य खोल्दछ
स्थिर हुने थिएँ पाउँदा कुटी
सहनशीलता हो ठुलो बुटी ।। १

बहुत तेजका दर्द हुन् तथा
अगुण बातका छेदका कथा
सकल ती सबै मर्दछन् चुटी
सहनशीलता हो ठुलो बुटी ।। २

जति बनुन् बुरा चित्तका धनी
अनल बन्दछन् क्रोधले तिनी
जहर नै सरी हुन्छ भुट्भुटी
सहनशीलता हो ठुलो बुटी ।। ३

सहनशीलता धैर्यको जरो
सुमन बन्दछन् को हुने खरो ?
कहर मासिने वेदना फुटी
सहनशीलता हो ठुलो बुटी ।। ४

घर हुने ठुलो देव मन्दिर
चुँडिन सक्तछन् लौह जन्जिर
नगर झोकमा व्यर्थको त्रुटि
सहनशीलता हो ठुलो बुटी ।। ५

छन्द : इन्दिरा
गण : न र र ल गु
गण सङ्केत : III – SIS – SIS – I – S

वि.सं.२०८२ पुस १२ शनिवार ०५:४६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...