back
CTIZAN AD

कविता : हिमाली शिर

वि.सं.२०८२ पुस १२ शनिवार

1.9K 

shares

गजेन्द्र मोक्तान, पाँचथर

अस्तित्व मेटाउन खोजेका
पहिचान गुमाउन खोजेका
हिंसक सिंहको राजलाई
तिरस्कारको आँखाले
आजको सुक्ष्म विश्लेषण
साँच्चै ती कालखण्ड
हलोकोस्ट् लाग्छ
पेरिसमा अपमान सहेको
नाजी लाग्छ
रेड इन्डियन जस्तै
अनि
मन्चुरियामा ज्युँदै पुरिए झै लाग्छ
अस्तित्व मेट्न नखोज्दा
हजारौं पीडाका
दर्दनाक कथाले
आक्रोशको ज्वारभाटा
मस्तिष्कले थुम्थुम्याउन
हम्मे हम्मे पर्छ
हवाईमा ३५३ एयरक्रयाफ्ट झार्दा
अतितका आवेगले
यता अगस्ट ६ र ९ को जस्तै
हिरोसिमा र नागासाकी
बनाउन पनि सक्दिन
ती पुराना वृक्षका दोष देखेर
कलिला मुनालाई (विरुवालाई)
प्रतिशोध लिनु
मानवीय विपरीत हुन्छ
धर्म विपरीत हुन्छ
त्यसैले
नमेटिएका केही
नगुमाएका ती सुन्दर पक्ष
शिलालेखमा लेखिएका छन्
तर
शिलालेखमा लेखिएको
सबूत प्रमाण
पश्चिमी वायुको प्रभावले
कति उडाइ लाग्यो होला
कति उडाउनै छन् बाँकी
चेतनाको दियो
बल्न नसक्दा
अझै
आफूले आफूलाई
चिन्न नसक्दा
ज्ञानको ज्योति
छर्न नसक्दा
वर्तमान कालमा
चिन्तित छु
गुमेका र अझै गुम्ने
छ खतरामा
हिमाली शिर
लाग्छ कहिल्यै नझुकोस्
कहिल्यै नफुटोस्
संरचनाका स्तम्भ ।

वि.सं.२०८२ पुस १२ शनिवार ०५:४७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...