back
CTIZAN AD

लघुकथा : सूत्र (लघुकथामा गणितीय चिन्हहरूको प्रयोग)

वि.सं.२०८२ पुस १२ शनिवार

1.7K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर, ठिमी, भक्तपुर

उसलाई विश्वास भयो, दुई जना मिले जीवन सजिलो हुन्छ । त्यसैले उसले प्रेम जोड्यो ( + ), सपनाहरूलाई गुणन ( x ) गर्यो, आशाहरू भाग ( \ ) लगायो।

तर समाजको पाठ्यपुस्तक फरक थियो–

जात + जात = दूरी,
गरिब + गरिब = बोझ

ऊ गलेन। उसले इमानदारिता थप्यो । संघर्ष घटायो। धैर्यलाई वर्ग ( x२ ) गर्यो ।

फेरि पनि अवसर सधैँ झैं शून्य ( ० ) मा आयो।

अन्ततः उसले नयाँ सूत्र बनायो, सबै कुरा घटाएर ( – ) आफूलाई मात्रै बाँकी राख्यो।

जीवनको अन्तिम हिसाबमा उसले निश्कर्ष निकाल्यो–

सबैसँग जोडिँदा म घटेँ, आफैँसँग जोडिँदा पहिलो पटक १ भएँ ।

वि.सं.२०८२ पुस १२ शनिवार ०५:५३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...