back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस १२ शनिवार

1.2K 

shares

तारा विष्ट छन्दार्पण
दाङ हाल मलेसिया

मिलायौ कसोरी खै इसारा भनेजस्तै
दिएको छु मायाको सहारा भनेजस्तै

डुबेको छु प्यासीझैँ नदीभित्र मायाको
म खोज्दै छु हे प्यारी किनारा भनेजस्तै

दिए साथ होला झन् अहा जिन्दगानी यो
सफल हुन्छ जीवनको गुजारा भनेजस्तै

नयन ती प्रिया तिम्रा म देख्दैै छु क्या दामी
नयन हुन् दुवै फेवा र रारा भनेजस्तै

धरा व्योम चुम्दै छन् उज्यालो छरी ज्योत्स्ना
सखा हुन् धराका जून “ तारा “ भनेजस्तै

बहर : तबील मुसम्मन सालिम
अर्कान : फऊलुन् , मुफाईलुन् , फऊलुन् , मुफाईलुन्
वजन : १२२ – १२२२ – १२२ – १२२२
काफिया : आरा
रदिफ : भनेजस्तै
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ पुस १२ शनिवार ०५:५५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...