back
CTIZAN AD

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा.लिबिच सम्झौता

वि.सं.२०८२ पुस १६ बुधवार

681 

shares

काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का विभिन्न स्थानहरुमा रहेका प्याथ ल्याब क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्याबको विविध सेवा (क्बmउभि अयििभअतष्यल को लागि शर्तहरुमा रहि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत भन्दा बढी छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल पौष १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि को तर्फबाट प्रबन्ध निर्देशक श्री पवन जोशीले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगर स्थित रहेका नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का प्याथ ल्याबहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

 

वि.सं.२०८२ पुस १६ बुधवार १६:०३ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...