back
CTIZAN AD

नेकपा बाग्लुङले पठायो प्रत्यक्षतर्फको उम्मेदवारको नाम, होमनाथ शर्मा पनि सिफारिसमा

वि.सं.२०८२ पुस १६ बुधवार

690 

shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी आगामी फागुनमा हुने निर्वाचनमा बाग्लुङबाट प्रत्यक्षतर्फबाट होमनाथ शर्मालाई उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी बागलुङ जिल्ला कमिटीले लामो समय कतारमा रहेर तत्कालीन माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च कतारको संस्थापक तथा पूर्व अध्यक्ष रहेर काम गरेका शर्मालाई प्रवासबाट उठाइएका सक्षम र भरोसायोग्य नेताका रूपमा अघि सारेको बताइएको छ ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएका शर्मालाई सो पार्टीले क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

शर्मा हाल नेपाली कम्युनिष्ट पार्टी मध्यपूर्वका संयोजक, बागलुङेहरूको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संस्थापक अध्यक्ष तथा बागलूङ सेवा समाज कतारका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष हालका संरक्षक,एनआरएनएका अगुवा नेता तथा कतारका स्थापित व्यवसायी हुन् ।

प्रवासमा रहेर पार्टी संगठन मजबुत बनाएको योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले शर्मालाई निर्वाचन मैदानमा उतार्ने निर्णय गरेको स्रोतको दाबी छ ।
यी हुन् अन्य उम्मेदवार
त्यसैगरी कमिटीले प्रत्यक्षतर्फ पूर्वमन्त्री समेत रहेका देवेन्द्र पौडेल, कृष्ण बहादुर केसी, बाबुकाजी केसी, पिङ्गलराज गौतम, चीनीमायाँ काला मगर, कुलचन्द्र शर्मालाई सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिकतर्फ जनजातीबाट चेतबहादुर पुन चिरण, ब्राम्हणबाट बलावती शर्मा, क्षेत्रीबाट ग्यानी कुमारी थापा मगर, सिता शर्मा ब्राम्हण, गगन बहादुर पुन जनजाती, टीकाकुमारी विश्वकर्मा दतिल, नीर्मल बहादुर श्रेष्ठ जनजाती, आरती शर्मा, (युवा, वेपत्ता परिवार) लाई सो पार्टीले सिफारिस गरेको छ ।

 

वि.सं.२०८२ पुस १६ बुधवार १६:३८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...