back

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

वि.सं.२०८२ पुस २५ शुक्रवार

156 

shares

चौतारा । यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।

विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको स्थानीय किसान भोजबहादुर कार्कीले बताउनुभयो । फल झर्ने, कीरा प्रकोप र रोगले गर्दा अहिले बजारसम्म ल्याउन मुस्किल भइरहेको उहाँको गुनासो छ ।

लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले पनि सुन्तला बेचेर केही वर्षअघिसम्म लाखौँ आम्दानी गर्नुभएको थियो । तर हालै उहाँको बगैँचामा पनि सुन्तलाको बोटमा रोग र सङ्क्रमणका कारण ठूलो क्षति पुगेको छ ।

लामिडाँडामा सुरुमा तीन घरले सुन्तला रोप्ने अभियान थालेका थिए । हाल हरेकजसो घरमा १५ देखि ५० बोटसम्म सुन्तला छन् । तर सबै किसानले लगाएको सुन्तलामा उस्तै समस्या छ । मौसमी प्रकोपबाट सुरु भएको क्षति अहिले ‘कीरा–रोग’ को ठूलो महामारी बनेको छ । असिनाले फूल नष्ट गर्नेदेखि वर्षात्ले असर पारेको छ भने पहिले जस्तो पानी नपर्ने र परिहालेमा ठूलो पर्ने समस्या छ । यो बदलिँदो मौसमले उत्पादनमा नकारात्मक प्रभाव परेको स्थानीय किसान धनबहादुर तामाङ बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारी रोगकीराले सङ्क्रमित फल माटोमै सड्न नदिने गरी खाल्डो खनेर गाड्नुपर्ने बताउँछन् । झरेका फलका लार्भा माटोभित्र गइ अर्को वर्ष झनै ठूलो प्रकोप ल्याउनसक्ने भएकाले लार्भालाई माटोमै सड्न दिन नहुने उनले बताए । रोग र कीराको प्रकोप नियन्त्रण गर्न समय लाग्ने उनको भनाइ छ ।

वि.सं.२०८२ पुस २५ शुक्रवार १३:०५ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...