back
CTIZAN AD

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

वि.सं.२०८२ माघ ६ मंगलवार

819 

shares

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एमडीआरटी सम्मान तथा तालीम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्यमा तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को अध्यक्षतामा आयोजना गरिएको हो।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय मञ्च एमडीआरटीले एमडीआरटी २०२६ का लागि निर्धारण गरेको बीमाशुल्क संकलन लक्ष्य पूरा गरेका देशभरका ८३ जना अभिकर्तालाई कार्यक्रममा सम्मान गरिएको थियो। सम्मानित अभिकर्तामध्ये टिओटीतर्फ २ जना, सिओटीतर्फ ४ जना र एमडीआरटीतर्फ ७७ जना रहेका छन्।

अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन्। कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, रणनीति र निरन्तर एमडीआरटी लक्ष्य हासिल गर्ने उपायहरू विभिन्न उदाहरणसहित प्रस्तुत गर्दै तालीम प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सीईओले कम्पनीको प्रगति र अग्रस्थान कायम गर्न अभिकर्ता समूहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। अभिकर्तालाई थप सशक्त बनाउने उद्देश्यले केही नयाँ अभ्यासहरू सुरु गरिएको उल्लेख गर्दै त्यसबाट अभिकर्ताहरूमा उत्साह थपिएको बताए। एमडीआरटी २०२६ का लागि तोकिएको बीमाशुल्क संकलन गरी एमडीआरटी, सिओटी तथा टिओटीको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई उनले विशेष सम्मान प्रदान गरे।

त्यसैगरी कम्पनीले एमडीआरटी अभिकर्ता उत्पादनलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको मासिक योजना ‘चेज योर एमडीआरटी’ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई प्रोत्साहन प्रदान गरिएको थियो। सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरिएको थियो।

मनोरञ्जनात्मक प्रस्तुति, उत्प्रेरणामूलक तालीम तथा सम्मान कार्यक्रम समेटिएको सो समारोहमा सम्मानित बिजनेस लिडरहरूले आफ्नो मेहनतको उचित कदर भएको र सम्मान पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा कम्पनीकी उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले सहभागीहरूलाई स्वागत गरेकी थिइन् भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरेका थिए।

 

वि.सं.२०८२ माघ ६ मंगलवार १८:४५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...