back
CTIZAN AD

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

वि.सं.२०८२ माघ ८ बिहीवार

474 

shares

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खु्ला गरेको छ । निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो । निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रको कमजोर आर्थिक अवस्था भएका जनतालाई घर गोठ छाउन खर उपलब्ध हुने गरी खरखडाइ खुल्ला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

उनका अनुसार माघ २२ र २३ गते निकुञ्जको पश्चिमी र पुस २५ पूर्वी सेक्टर मा रु ५० को टिकट लिएर मात्रै खरखडाइका लागि प्रवेश दिएको छ । खरखडाइका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश गर्न पाइने छ ।

खरखडाइका समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन हुने निकुञ्ज कार्यालयले जनाएको छ । “खरखडाइले निकुञ्जभित्र सुकेको घाँंस व्यवस्थापन हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको आवश्यकतासमेत पूरा हुन्छ ।” निकुञ्जका सूचना अधिकारी वाग्लेले भने, “खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुन्छ ।” निकुञ्जले हरेक वर्ष घांँसे मैदान व्यवस्थापनमा ठूलो खर्च गर्दै आएको छ । कतिपय ठाउँमा खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुने गरेको छ ।

वि.सं.२०८२ माघ ८ बिहीवार १५:३३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘आई-सोलुसन’ प्रणाली सार्वजनिक

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘आई-सोलुसन’ प्रणाली सार्वजनिक

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

नारायणगढ-मुग्लिन सडक सञ्चालन

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...