back
CTIZAN AD

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि

वि.सं.२०८२ माघ ९ शुक्रवार

681 

shares

बैतडी । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिनुभयो । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन् भने समूह ‘बी’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा माघ १२ गते कैलाली र अछाम भिड्नेछन् । माघ १३ गते कञ्चनपुर र अछाम, १४ गते कैलाली र डोटी, १५ गते अछाम र डोटी, १६ गते कैलाली र कञ्चनपुर, १७ गते कञ्चनपुर र डोटीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, माघ १८ गते बैतडी र दार्चुला, १९ गते बझाङ र दार्चुला, २० गते डडेल्धुरा र बझाङ, २१ गते डडेल्धुरा र दार्चुला, २२ गते बैतडी र बझाङ तथा माघ २३ गते डडेल्धुरा र बैतडी आमनेसामने हुनेछन् । दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने एक÷एक टोलीले माघ २४ गते फाइनल खेल्नेछन् । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइने सङ्घले जनाएको छ ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १५:१२ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...