back
CTIZAN AD

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

वि.सं.२०८२ माघ ९ शुक्रवार

576 

shares

दशरथचन्द(बैतडी) । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका तेजबहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले स्वतन्त्र उम्मेदवार चन्दले अफ्नो उम्मेदवारी फिर्ता दिएको जानकारी दिए । उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य तथा जिल्लाबाट पूर्वमहाधिवेशन प्रतिनिधि समेत छन् । बैतडीमा ११ जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

अब नेकपा (एमाले) का दामोदर भण्डारी, नेपाली कांग्रेसका चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीका प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समावदी पार्टी नेपालका आनसिंह भण्डारी, श्रम संस्कृती पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवर, आम जनता पार्टीका बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १५:२९ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...