back
CTIZAN AD

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

वि.सं.२०८२ माघ ९ शुक्रवार

498 

shares

राँझा (बाँके) । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा रु नौ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रहेकामा हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । लक्ष्य पूरा गर्न बाँकी छ महिनामा करिब ६२ प्रतिशत भन्सार राजस्व असुल गर्नुपर्ने हुन्छ ।

नेपालगञ्ज भन्सारमा चालु आवको साउन महिनामा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४ दशमलव १४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौ महिनामा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९ दशमलव ७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी असोज महिनामा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७ दशमलव ८३ प्रतिशत रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिक महिनामा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२ दशमलव ३० प्रतिशत रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिर महिनामा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३ दशमलव ४५ प्रतिशत रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार र पुस महिनामा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौ महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा रु ३८ अर्ब बढीको मालसामान आयात निर्यात भएको छ । भन्सार कार्यालयका अनुसार, पुस मसान्तसम्म रु ३८ अर्ब ९८ करोड ५७ लाख ६१ हजार बराबरको कारोबार भएको हो । कार्यालयबाट चालु आवको छ महिनामा रु ३७ अर्ब ६२ करोड ७३ लाख ३२ हजार बराबरको आयात हुँदा निर्यात भने रु एक अर्ब ३५ करोड ८४ लाख २९ हजारको मात्रै भएको छ ।

अघिल्लो आवको सोही अवधिमा कार्यालयबाट रु ३५ अर्ब २७ करोड ६५ लाख आठ हजारको आयात र रु एक अर्ब १६ करोड ३९ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको थियो । अघिल्लो आव र चालु आवको ६ महिनाको तुलना गर्दा आयात ६.६६ प्रतिशत, निर्यात १६.७१ प्रतिशत र जम्मा व्यापार ६.९८ प्रतिशतले बढेको छ । कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको छ महिनाको अवधिमा उस्तै रहेको छ । अघिल्लो आवको छ महिनामा व्यापार घाटा ९६.७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.३८ रहेको कार्यालयका सूचना अधिकारी खड्काले बताए ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १५:४७ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...