back
CTIZAN AD

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

वि.सं.२०८२ माघ २३ शुक्रवार

729 

shares

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र उम्मदेवारलाई आफ्ना चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन आह्वान गरेको छ । सोसाइटीले विज्ञप्ति जारी गरी चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकसँग सम्बन्धित स्वास्थ्य, सामाजिक अधिकार, संरक्षण र सशक्तीकरणसम्बन्धी १४ वटा विषय अनिवार्य रूपमा समावेश गर्न माग गरेको हो ।

जनगणना, २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या १०.२१ प्रतिशत अर्थात् करिब ३० लाखभन्दा बढी रहेको छ । सोसाइटीका अध्यक्ष डा उमेश बोगटीले देशको विकास, लोकतन्त्र र सामाजिक रूपान्तरणमा दीर्घकालीन योगदान दिएका ज्येष्ठ नागरिकको सम्मानजनक जीवन, स्वास्थ्य, सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व मात्र नभई राजनीतिक प्रतिबद्धताको मापन सूचकसमेत भएको बताए ।

विद्यमान ऐन, नीति र रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको सोसाइटीले जनाएको छ ।

सोसाइटीले दलको संगठनमा ज्येष्ठ नागरिक विभाग स्थापना, ज्येष्ठ नागरिक ऐनको पूर्ण कार्यान्वयन, ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधार र यातायात, निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा, जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरण, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक पार्क, ग्राम र आरोग्य आश्रम निर्माण, स्वारोजगारका लागि सहुलियतपूर्ण ऋण तथा सीप र अनुभवलाई उत्पादनसँग जोड्ने व्यवस्था घोषणापत्रमा समेट्न माग गरेको छ ।

वि.सं.२०८२ माघ २३ शुक्रवार १६:२८ मा प्रकाशित

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...