काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक श्री विपिन शर्माले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार एन आई सी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा In-patient room charge, Preventive health check packages तथा Attendees health checkup सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी Outpatient investigation सेवामा ५ प्रतिशत छुट उपलब्ध हुनेछ।
यसका साथै ग्राहकहरूलाई Complimentary registration fees, International patient lounge मा पहुँच लगायतका अतिरिक्त सुविधाहरू पनि प्रदान गरिनेछ। काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने ग्राहकहरूलाई नयाँ दिल्ली विमानस्थलबाट होटल वा हस्पिटलसम्म यातायात सुविधा समेत उपलब्ध गराइने व्यवस्था रहेको बैंकले जनाएको छ।
उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। यस सहकार्यले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहुलियत दरमा पहुँच पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
वि.सं.२०८२ फागुन १२ मंगलवार १२:१९ मा प्रकाशित






























