back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन १६ शनिवार

414 

shares

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर

घायल बनाउने खुद आँखा विचित्रका छन्
आफ्नै विरानो ठान्ने नाता विचित्रका छन्

साँच्चै छ स्वर्ग जस्तो नेपाल हेर हाम्रो
बस्ती छ शान्त बेग्लै डाँडा विचित्रका छन्

छैनन् मुलुकहरूमा गर्ने विकास नौला
नेताहरू सबैका चाला विचित्रका छन्

बाटा घुमाउरा छन् कहिले नमार्नु हार
भन्दै छ मेरो मनले आशा विचित्रका छन्

व्यवहार पक्षपाती गर्छन् मनुष्य अहिले
बुझ्नै नसक्ने यिनका इच्छा विचित्रका छन्

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊलु , फाइलातुन् , मफ्ऊलु , फाइलातुन्
वजन : २२१ – २१२२ – २२१ – २१२२
काफिया : आ ( एकाक्षरी स्वर )
रदिफ : विचित्रका छन्
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ फागुन १६ शनिवार ०६:०२ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...