back
CTIZAN AD

झिल्का कविता : चुनाव विशेष

वि.सं.२०८२ फागुन १६ शनिवार

1.5K 

shares

मनोहरी पौडेल,गैडाकोट -१

१.
चुनावी मसला भटाभट
जहाँतहीँ तरङ्ग ल्याउँदै
जित्न परेको रातारात ।

२.
भनेको पत्याउन पर्ने
जालीका मसला खतरा
दिमागमा भ्रमहरू छर्ने ।

३.
राष्ट्रका खातिर जिउनु
ढाँटेर पाएका मतले
पर्नेछ अश्रुधारा पिउनु ।

४.
नागरिक उत्थान गर्ने
नेतालाई भोट दिउँ
नगरौँ भ्रममा पर्ने ।

५.
मत गोप्य हुन्छ
छोड छिमेकको रडाको
मिलेरै दिव्यता छुन्छ ।

६.
देशका होनहार नेता
सबै दलका मिलेर
पालैपालो गुथ्छन् फेटा ।

७.
देश डुबाउन खोज्ने
आफ्नो स्वार्थका लागि
किन कुमार्ग रोज्ने ?

८.
मिल्छन् चोरेर खान
मर्दा लैजाने जस्तो
धनमै हुन्छ ध्यान ।

९.
जनताका माग बुझेका
चुनौ नेतृत्व अहिले
इमानदार अनि सुझेका ।

१०.
अमूल्य हुन्छ मत
नबसौँ घर यसै
बलियो बनाऔँ छ्त ।

वि.सं.२०८२ फागुन १६ शनिवार ०६:१२ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...