back
CTIZAN AD

कविता : होस् शान्ति नेपालमा

वि.सं.२०८२ चैत १४ शनिवार

663 

shares

कल्पना अधिकारी
टोखा, काठमाडौँ

हत्या द्वन्द्व बढे अशान्त नगरी छन् श्रङ्खला टाकुरा ।
सारा देश थिलोथिलो हुन पुग्यो मर्दै गए आँकुरा ।
आशाको घर भत्कियो मुलुकको छन् यातना ज्यानमा।
सेवा गर्न सदैव तत्पर बनौँ, होस् शान्ति नेपालमा।१।

भाषा भेष कला गला र गरिमा संस्कार जोगाउन।
बिर्सी भोग विलासमै जनहरू थालेर मोटाउन।
खस्रो चामलका निमित्त जनता तड्पिन्छ मुग्लानमा ।
सेवा गर्न सदैव तत्पर बनौँ, होस् शान्ति नेपालमा।२।

चर्को मूल्य बजारमा छ महँगी आकाशमा चुम्दछ ।
खाने गाँस जुटाउने पहलमा मान्छे स्वयं बिक्दछ।
बाझाबाझ गरेर मिल्छ र ? कतै निष्कर्ष आपस्तमा।
सेवा गर्न सदैव तत्पर बनौँ, होस् शान्ति नेपालमा।३।

साँचो मानवता कतातिर गयो बेमेलकै होड छ।
भ्रष्टाचार गरेर होस् कि अथवा पैसातिरै जोड छ ।
फालौँ दुष्ट कुभावना हृदयका राखेर सद्भावना ।
सेवा गर्न सदैव तत्पर बनौँ, होस् शान्ति नेपालमा।४।

मात्रै एक बनेर गाँसिन सके को सक्छ छुट्याउन।
फोस्रा फाल्तु बकम्फुसे खल कुरा पर्दैन भट्याउन ।
धर्तीमाथि इमान बन्नु छ सदा गर्दै समालोचना ।
सेवा गर्न सदैव तत्पर बनौँ, होस् शान्ति नेपालमा।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ चैत १४ शनिवार ०५:५५ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...