back
CTIZAN AD

ग्राहकको रकम हिनामिना: एनआईएमबी कर्मचारी पक्राउ

वि.सं.२०८२ चैत १७ मंगलवार

309 

shares

उदयपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङका अनुसार, बैंककै उजुरीका आधारमा उनी नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानमा उनले ग्राहकको खाताबाट रकम दुरुपयोग गरेको देखिएको प्रहरीले जनाएको छ। बानियाँ उदयपुरको त्रियुगा नगरपालिका–५ की स्थानीय हुन्। आन्तरिक छानबिनपछि रकम हिनामिना भएको पुष्टि भएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो।

प्रहरीले बानियाँसँग बयान लिइसकेको छ र उनको एक्लै संलग्नता हो वा अन्य व्यक्तिको पनि हात छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

उनीविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।

वि.सं.२०८२ चैत १७ मंगलवार १२:५१ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...