back
CTIZAN AD

नौवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड

वि.सं.२०७४ असार ६ मंगलवार

915 

shares

६ असार, जुम्ला । यहाँका माविस्तरका नौ सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ ।

चन्दननाथ नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको सहजीकरणमा सोमबार सेनिटरी प्याड वितरण गरिएको हो । चन्दननाथ नगरपालिकाभित्र रहेका नौ सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिला विकास निरीक्षक बिन्दु कुँवर, चन्दननाथ माविका सहायक प्रधानाध्यापक बबिता शाही र महिला अधिकारकर्मी भगवती श्रेष्ठले प्याड संयुक्तरुपमा वितरण गर्नुभयो ।

कार्यक्रममा २३५ छात्रालाई प्याड वितरण गरिएको चन्दननाथ मावि खलङ्गा जुम्लाका प्रधानाध्यापक टङ्कबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहज बनाएको छ ।

विद्यालयमा सेनेटरी प्याड प्रयोगले उल्लेख्य रुपमा छात्रा सङ्ख्या बढेको सहायक प्रधानाध्यापक बबिता शाहीले बताउनुभयो । अहिले महिनावारी हुँदा अपनाउनुपर्ने उपायका बारेमा जानकारी प्राप्त गरेपछि छात्रा खुलेर बोल्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलेजस्तो महिनावारी भएकै कारण स्कुलमा आउन नसक्ने अवस्था छैन । छात्राले घरेलु विधिद्वारा महिनावारीलाई व्यवस्थापन गर्दै आइराखेका छन् ।”

जिल्ला शिक्षा कार्यालय जुम्लाले शिक्षिका र छात्रालाई पटकपटक तालिम, गोष्ठीमा सहभागी गराएर सचेतना बढाएको उहाँको भनाइ छ । सामाजिक सङ्घ संस्थाले सेनेटरी प्याडको व्यवस्था गर्नु र पाठ्यक्रममा रजस्वला हुँदा अपनाउनुपर्ने उपायबारे सचेतना जगाउने खालको विषयवस्तु भएकाले छात्रालाई अध्ययन गर्न सक्ने वातावरण बनेको जनाइएको छ ।

महिनावारीका बेला अपनाउनुपर्ने कुराका बारेमा महिला तथा बालबालिका कार्यालय जुम्लाले विद्यालयस्तरीय कार्यक्रम गर्दै आइरहेको महिला विकास निरीक्षक बिन्दु कुँवरले जानकारी दिनुभयो । जथाभावी प्याड प्रयोगले रोग सङ्क्रमण भएर पाठेघर क्यान्सरको सम्भावना बढ्ने भएकाले त्यसको उचित प्रयोग गर्न उहाँले सुझाउनुभयो ।

चन्दननाथ नगर बाल सञ्जाल जुम्लाका अध्यक्ष ईश्वर खत्रीले विद्यालयमा महिनावारी हुँदा कुनै पनि छात्राले अनुपस्थित हुनु नपरोस् भनेर प्याड वितरण गरिएको बताउनुभयो । चन्दननाथ नगरपालिकाको रु एक लाख बजेटमा सेनिटरी प्याड वितरण गरिएको हो, अध्यक्ष खत्रीले भन्नुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी भगवती श्रेष्ठले सेनेटरी प्याड वितरण सानो देखिए पनि यसको सन्देश व्यापक हुने तर्क गर्नुभयो ।

“महिनावारी हुँदा देवता रिसाउँछन् भन्ने अन्धविश्वासी मान्यता अहिले पनि हावी छ, महिनावारी हुँदा यसबाट निकै महिला पीडित हुन्छन्” उहाँले भन्नुभयो । प्राकृतिक नियम भएकाले यसबाट सुरक्षित हुन भन्दै उहाँले महिनावारीको बेला पोषिलो खानेकुरा खान सुझाव दिनुभयो ।

वि.सं.२०७४ असार ६ मंगलवार ०६:२३ मा प्रकाशित

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...