back
CTIZAN AD

चारु ( छाता विशेष )

वि.सं.२०८३ साउन ९ शनिवार

576 

shares

डा. ठाकुर माेहन श्रेष्ठ
बुढानिलकण्ठ , काठमाडौँ

नसोध्नू कहाँको हाे याे ? किनेर ओढेको छु छाता,
तिम्रै प्रेमको छहारी सम्झेर ओढेको छु छाता।

मूल्य तोकिएका टाउका र तोक्नेले देश भुले,
युवा बढून् माैलिकता सम्हालेर ओढेको छु छाता।

सारा यौवन सुम्पेको प्रतिफलले कर तिर्दै,
बुढेसकालको ओत साेचेर ओढेको छु छाता।

कुना-काप्चामा छन् जीवनहरू थामेका दैवले
अझैँ आशाका दीप जलाएर ओढेको छु छाता।

ला‌ै युवा बनून् पृथ्वी, बहादुर, जङ्गे वा वीरेन्द्र,
सती सराप उल्टियोस् जुटेर ओढेको छु छाता।

बलियाका जुधाइमा निर्धा देशमा नमिचिऊन्,
कालाे बादलविरुद्ध उठेर ओढेको छु छाता।

कालखण्डका घाउ हेर्दै अमूक साक्षी बनेर,
मानवता अनि माटो पूजेर ओढेको छु छाता।

अक्षर : १७
अनुप्रास : एर
शेष अनुप्रास : ओढेको छु छाता

वि.सं.२०८३ साउन ९ शनिवार ०७:४४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...