back
CTIZAN AD

भारतबाट भाले गोही ल्याउने तयारी हँुदै

वि.सं.२०७४ असार ८ बिहीवार

816 

shares

crocodile

८ असार, चितवन । राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एकमात्र भाले घडियाल गोही मरेपछि भारतीय सीमा क्षेत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको छ । भाले गोही मरेसँगै सङ्कटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समस्या देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कर्णाली नदीमा बर्दियाको सीमा क्षेत्र कतर्निया घाटबाट भाले गोही ल्याउन पहल भइरहेको बताउनुभयो ।

गत महिना भाले गोही मरेसँगै आफूले उत्तर प्रदेश वन विभागका अतिरिक्त सचिव आषिश तिवारीसँग टेलिफोनमा यस विषयमा कुरा गरेको उहाँले बताउनुभयो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले हालसम्म नेपालका नदीमा एक हजार २४६ वटा गोही प्रजनन केन्द्र कसरामा हुर्काएर छाडिएको भए पनि सन् २०१६ मा गणना गर्दा नेपालका नदीमा १९८ वटा गोहीमात्र फेला परेका बताउनुभयो । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ वटा गोही फेला परेका थिए ।
गोहीले सामान्यतयाः ३० देखि ३२ डिग्री सेन्टिग्रेडको तापक्रममा अन्डा पार्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो – “३१ दशमलव ६ डिग्रीमा पारिएका अन्डाबाट केही भाले निस्कने भए पनि तापक्रम तलमाथि भएमा पोथीमात्रै निस्कने गर्छ ।” त्यो तापक्रम मिलाउन आफँैमा कठिन हुने भएकाले पनि पोथीमात्र कोरल्ने गरेको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ असार ८ बिहीवार ११:५० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...