back
CTIZAN AD

एसियन क्लब क्रिकेटः नेपाल स्ट्रोर्मको लगातार दोस्रो जित

वि.सं.२०७४ असार ९ शुक्रवार

945 

shares

 ९ असार,काठमाडाँै । एसियन क्लब प्रिमियर लिग (एसिपिएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले श्रीलङ्कन लायन्सलाई एक विकेटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्कन लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रनको योगफल बनायो ।

लायन्सका लागि उत्सव चन्द्रले अविजित रहँदै सर्वाधिक ४० रन बनाए । उनले ३० बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै, निखिल नमदेवले २६ तथा करण वालियाले १९ रन बनाए । नेपाल स्ट्रोमका आशिष विष्ट, कप्तान हसिब हमजाद र गौरव बारबाडेले दुई दुई विकेट लिए ।

श्रीलङ्कन लायन्सले दिएको १४९ रनको लक्ष्य पछ्याएको नेपाल स्ट्रोमले अन्तिम ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दिशान्त यादवले अर्धशतकीय पाली खेले । सुरुदेखि नै आक्रामक ब्याटिङ गरेका यादवले ४२ बलमा ५० रन बनाए । यस्तै, जितेन्दर शर्माले आक्रामक पाली खेल्दै अविजित ३३ रनको महत्वपूर्ण योगदान दिए । उनले १३ बलमा ३३ रनको महत्वपूर्ण पाली खेले ।

श्रीलङ्कन लायन्सका निशासन सामाराकोड्डीले दुई विकेट लिए । यस्तै, बैभव अरोरा र उत्सव चन्द्रले समान एक एक विकेट लिए ।

विभिन्न छ टोली सहभागी उक्त प्रतियोगितामा नेपाल स्ट्रोम आफूले खेलेका दुवै खेलमा जित हात पार्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ । एक खेल खेलेको दुवई वारियर्स दुई अङ्कका साथ दोस्रो र अफगानिस्तान बुल्स तेस्रो स्थानमा छ ।

यसैगरी, तीन खेल खेलेको श्रीलङ्कन लायन्सले दुई खेलमा हार र एक खेलमा जित हात पार्दै दुई अङ्क जोडेको छ । लिगमा दुई खेलमा एक खेल जितेको बङ्गलादेश टाइगर्स पाँचौं र आफूले खेलेका दुवै खेलमा हार बेहोरेको इन्डियन स्टारर्स अन्तिम स्थानमा छ । शनिबार बङ्गलादेश टाइगर्स र दुवई वारियर्सबीच खेल हुनेछ । रासस

वि.सं.२०७४ असार ९ शुक्रवार १४:१८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...