१० असार, काठमाडौँ। यातायात व्यवस्था विभागले भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई गोलाप्रथाबाट एक हजार ५०० ट्याक्सी वितरण गरेको छ ।
मन्त्रीस्तरीय निर्णयअनुसार भूकम्प प्रभावित १४ जिल्लाका बासिन्दालाई गोलाप्रथाबाट एकहजार ५०० थान ट्याक्सी वितरण गरेको हो । वितरण गरिएका ट्याक्सीहरूमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकलाई २५३ वटा र सबैभन्दा थोरै ओखलढुङ्गा र रसुवालाई ३०÷३० वटा ट्याक्सी वितरण गरेको हो ।
बुधबार काभ्रेपलाञ्चोकलाई २०१, नुवाकोटलाई १२५ र रामेछाप १६५ गरी ४९१, विहीबार दोलखा २१४, सिन्धुली ४६ र सिन्धुपाल्चोक २५३ गरी ५१३ ट्याक्सी वितरण गरेको विभागले जनाएकोे छ ।
यस्तै, विभागले शुक्रबार काठमाडौँलाई ९५, ललितपुर ७२, भक्तपुर ४३, मकवानपुर ३१, धादिङ ११७, ओखलढुङ्गा ३०, गोरखा ७८ र रसुवा ३० गरी ४९६ ट्याक्सी वितरण गरेको छ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले एकलाख ४९ हजार ५०० आवेदन परेकामध्ये एक हजार ५०० ट्याक्सी वितरण गरिएको जानकारी दिनुभयो । विभागले ललितपुरको च्यासल फुटबल मैदानबाट गोलाप्रथामार्फत ट्याक्सी वितरण गरेको हो । रासस
वि.सं.२०७४ असार १० शनिवार ०२:२२ मा प्रकाशित






























